
नेपालगंजमा हुन्र्डाईको नयाँ डिलर नियुक्ति
एभ्को इन्टरनेशनल प्रा. लि. ले विगत केही वर्षेखि नेपालमा हुन्र्डाई मोटरस् कम्पनी कोरीया र हुन्र्डाई मोटरस् इन्डिया लिमिटेडको एक मात्र अधिकृत विक्रेताको रुपमा ती कम्पनीबाट उत्पादित लोकप्रिय गाडिहरुको विक्री वितरण गर्दै आइरहेको छ ।
एभ्को इन्टरनेशनले हालका प्रतिस्पर्धात्मक बजा आफ्नो स्थिति अझ मजबुत बनाउँदै आक्रमक बजार रणनीति अवलम्बन गरी विक्री प्रवर्द्धन गर्न र उपभोक्ताहरुलाई अझ बढी स्तरीय सेवा प्रदान गर्ने उदेश्यले नेपालगंजमा थप एक डिलर "गौरीशंकर इन्टरनेशनल अटो ट्रेडलिङ्क प्रा.लि." नियुक्ती गरेको छ । यस डिलरको नियुक्ती साथ-साथै एभ्को इन्टरनेशनलको डिलर संख्या सात पुगेको छ ।
गौरीशंकर इन्टरनेशनल अटो ट्रेडलिङ्कले आफ्नो नयाँ शोरुम नेपालगंजको पुष्पलाल चोकमा खोलेको छ । उक्त गौरीशंकर इन्टरनेशनल अटो ट्रेडलिङ्कमा अनुभवी र व्यावसायिकरुपमा सक्षम कर्मचारी र व्यवस्थापन समुहबाट हुन्र्डाई गाडीहरुको विक्रीमा अझ बढी सहयोग मिल्ने आशा गरिएको छ । उक्त शोरुमबाट नेपालगंज र वरीपरिका उपभोक्ताहरुलाई हुन्र्डाई गाडी खरिद गर्न सजिलो हुनेछ ।
यस गौरीशंकर इन्टरनेशनल अटो ट्रेडलिङ्कको व्यवस्थापन समुहमा निर्देशकद्वय श्री अच्युतप्रसाद प्रर्साई र पुरुषोतम शर्मा हुनुहुन्छ ।
यस गौरीशंकर इन्टरनेशनल अटो ट्रेडलिङ्कको शोरुम समुद्घाटनको उपलक्ष्यमा २०६५ साल वैशाख १५ गते आइतवार उक्त कम्पनीले विशेष छुटको व्यवस्था गरेको छ । |